२०८३ असार २२ गते सोमवार

कारको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

दाङ, असार २२ ।
कैलालीमा कारको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक घाइते छन् ।
कारको ठक्करबाट बैतडी जिल्लाको सिगास गाउँपालिका –१ गजकोटका ४८ बर्षीय पदम चन्दको मृत्यु भएको छ ।
उनको क्रममा राति पौने ११ बजेतिर माया मेट्रो अस्पताल धनगडीमा मृत्यु भएको थियो । शब पोष्ट मार्टमका लागि राति पौने १ बजे सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको कैलालीका प्रहरी प्रबक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले बताए ।
दुर्घटनामा परि धनगडी उपमहानगरपालिका – ३ का मोटरसाइकल चालक ४३ बर्षीय गौतम ऐरपनि घाइते छन् । घाइते चालक सोमबार बिहान साढे चार बजे ऐर सिपी अस्पताल धनगढीमा उपचार गराइ रहेको अवस्थामा फेला परेका थिए । उनको बाहिर देखिने चोट रहेको तर टाउको र खुट्टामा भित्री चोट रहेपनि अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

राति पौने १० बजेतिर जिल्लाको धनगडी उपमहानगरपालिका – ३ बोराडाडी चोकमा धनगढी चौराहाबाट अत्तरिया तर्फ जादै गरेको से ४ प ९५२ नम्बरको मोटरसाइकललाई यूपी ६५ इएक्स ०१०० भारतिय नम्बर प्लेटको कारले पछाडि बाट ठक्कर दिएको थियो ।
मोटरसाइकललाई ठक्कर दिएपछि भागेको भारतिय नम्बर प्लेटको कार फरार भएको थियो ।
कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्द आँफै खोजीमा निस्किएका थिए । सोमबार बिहान सवा १ बजेतिर आँफै खोजीमा निस्किएका थिए । एसपी चन्द नेतृत्वको टोलीले ठक्कर दिएर भागेको कारका चालक भारतको उत्तर प्रदेश वाराणसीका ४२ बर्षीय अश्वनीकुमार सिंहसहित ठक्कर दिने कार जिल्लाको गोदावरी नगरपालिका – ६ लालपुरमा फेला पारी नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २०८३ असार २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *