२०८३ असार २१ गते आइतवार

काँग्रेसमा नयाँ क्रियाशील सदस्यता साउन ३ गतेसम्म थप्ने निर्णय


दाङ, असार २१

नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने सयम साउन ३ गतेसम्मका लागि थपेको छ ।
काँग्रेस महामन्त्रीसमेत तथा सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन ३ गतेसम्म थप गर्ने निर्णय भएको जानकारी दिए ।
नयाँ क्रियाशील सदस्यताका लागि अनलाइनबाट पनि आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

यसअघि कांग्रेसले असार २० गतेसम्म नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेको थियो ।
कांग्रेसले ३५ वर्षमुनिका युवाहरूलाई पार्टीमा क्रियाशील सदस्य बनाउन प्राथमिकता दिदै आएको छ ।
विशेष महाधिवेशनमा पेस भएको विधानमा हरेक प्रतिनिधि सभा क्षेत्रबाट महाधिवेशन प्रतिनिधि आउँदा ३ जना युवा आउने व्यवस्था गरिएको हुँदा ३५ वर्ष मुनिका युवालाई क्रियाशिल सदस्यता बनाउन कांग्रेसले पहल गरेको हो ।
कांग्रेसले करिब ६ लाख जनाको क्रियाशील सदस्यता अद्यावधिक गरेको जनाएको छ ।
कांग्रेसले आउने असोजमा १५ औं महाधिवेशन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २०८३ असार २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *