तुलसीपुर , असार १६ ।
दाङको तुलसीपुरमा बिद्युत मर्मत गर्दा करेन्ट लागेका दुई जना कर्मचारी मध्य एक जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।
रुकुम पश्चिमको सानोभेरी गाउँपालिका –२ स्थायी घर भई हाल तुलसीपुरमा बस्दै आएका कर्मचारी ३६ बर्षीय जितेन्द्र पुनलाई तुलसीपुरको उपचार पछि घोराही हुँदै बाँकेको नेपालगंज र त्यहाँबाट काठमाडौंका लागि एम्बुलेन्स मार्फत रिफर गरिएको हो । करेन्टको झड्का पछि भूइमा लडेका उनको ढाड मुनीको भाग नचलेको तथा भाडमा गम्भीर चोट पटक रहेको जानकारी दिइएको छ ।
सोही दुर्घटनाका घाइते मध्य सानोभेरी – २ कै ३३ बर्षीय राजेन्द्र बुढाथोकीको भने राप्ती प्रादेशिक अस्पतालको प्रारम्भीक उपचार पछि थप उपचार तुलसीपुरकै राप्ती लाइफ केयर हस्पिटलमा भइ रहेको छ ।
उनीहरु दुबै जनालाई सोमबार दिउँसो .१२ बजेतिर तुलसीपुर उपमहानगरपालिका –८ अश्वारामा विद्युत प्रसारण लाइनमा मर्मतको काम गर्ने क्रममा करेन्ट लागेको थियो । उनीहर तुलसीपुर नापल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रबाट बिद्युत लाइन मर्मतका लागि खटाइएको कर्मचारीहरु हुन । दुई घाइते मध्य गम्भीर घाइते पुन इलेक्ट्रिक सुपरभाइजर र बुढाथोकी फोर म्यान हुन ।
तुलसीपुर वितरण केन्द्रका कर्मचारीले दिएको जानकारी अनुसार अश्वारास्थित शब स्टेसन अगाडि उनीहरु पोलमा चढेर बिद्युत मर्मतको काम गर्न गएका थिए ।
जहाँ तीन वटा फिडरहरु थिए । तर, उनीहरुले दुई वटा मात्रै फिडर रहेको ठानेर दुई वटा फिडर मात्रै काटेर मर्मत गर्न पोलमा चढेका थिए । भुलबस एउटा फिडरको लाइन काट्न भुलेका कारण पोलमा चढेर मर्मतको काम थाल्दा उनीहरुलाई करेन्टको झड्का लागेको थियो । दुई घाइते मध्य पुनलाई एकै साथ दुबै हातमा झड्का लागेपछि उनी पोलबाट भूइमा लड्न पुगेका थिए । त्यसैले उनको ढाड लगाएतका शरिरमा गम्भीर चोट पटक लाग्न पुगेको विद्युतका कर्मचारीले बताए ।
घटना बारे अनुसन्धा हुने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ असार १६ गते मङ्गलवार