२०८३ असार १२ गते शुक्रवार

असार १६ गते लमहीमा देउवा पक्षले प्रदेश भेला गर्ने

दाङ, असार १२ ।
नेपाल काँग्रेस शेरबहादुर देउवा पक्षले असार १६ गते मंगलबार लुम्बिनी प्रदेशस्तरिय भेलाको आयोजना गरेको छ । नेता गेहेन्द्र गिरीले असार १६ गते बिहान ११ बजेपछि लमहीस्थित होटेल शिधार्थमा प्रदेशस्तरिय एक दिने बृहत एकता भेला गर्न लागेको फरककोणलाई बताए ।


उनले बिधानतह यथाशिघ्र नियमित १५औं महाधिवेशन गर्नुपर्ने बताए । पार्टीमा देउवासहित, शेखर कोइराला लगाएतका नेताहरुलाई सम्मान जनक रुपमा स्थान दिनुपर्ने बताए ।
त्यस्तै १५औं महाधिवेशनका लागि क्रियाशिल सदस्यता नबीकरण गरि सकिएको अवस्थामा अहिले आएर फेरि अद्याबधिक गर्नुको कुनै औचित्य नरहेको पनि जिकिर गरे ।

प्रकाशित मिति : २०८३ असार १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *