२०८१ बैशाख १४ गते शुक्रवार

चैत ११ गतेदेखि बन्द होटेलहरु आजदेखि खुले


दाङ, साउन १५ । चैत ११ गतेदेखि लकडाउन सुरु हुँदा बन्द भएका होटेल तथा रेष्टुरेण्टहरु नेपालमा विहीवारदेखि खुलेका छन् । सरकारले तोकेका मापदण्ड पूरा गरेर होटल व्यवसाय खोल्न दिने निर्णय गरेको छ । तर व्यवसायीहरुले भने ग्राहकको माग र अडर अनुसार मात्रै सेवा दिने बताएका छन् ।

दाङ तुलसीपुर स्थित होटेल वस्टर्नका एक सञ्चालक दुर्गा खड्काका अनुसार भनेकै दिनदेखि होटेल फूल फेजमा सञ्चालन गर्न संभव नरहेको बताए । ‘ग्राहकको माग र अडर अनुसारको सेवाहरु तत्काललाई सुरु गर्छौ,’ खड्काले भने ‘फूल फेजमा होटेल सञ्चालन गर्न परिस्थिति हेरेर अगाडि बढ्न सकिन्छ।’

होटेलका कर्मचारी तथा स्टापहरु लगाएसंग परामर्ष गरेर मात्रै फूल फेजमा होटेल सञ्चालन गर्ने उनले बताए । लकडाउन तथा बन्द अवधिको सेवा सुविधासम्बन्धी यसअघि नै व्यवसायी र मजदुरका संगठनबीचमा सम्झौता भइसकेको छ ।

सरकारले यसअघि नै रेष्टुरेण्टहरुलाई सीमित क्षमतामा मात्र खोल्न अनुमति दिइसकेको थियो । तारे होटलहरूले भने यसअघि नै सन २०२० को डिसेम्बरसम्म व्यापारको संभावना नभएको भन्दै बन्दको घोषणा गरिसकेका छन ।

प्रकाशित मिति : २०७७ साउन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *