२०८१ बैशाख २० गते बिहिवार

पैंशा र सामान बचाउन खोज्दा जेष्ट नागरिकको मृत्यु

दुई घर र एक गोठ जलेर नष्ट

तुलसीपुर, बैशाख ७ । दाङको लमहीमा बच्चाले लाइटर खेलाउँदा सल्किएको आगोबाट एक जना जेष्ट नागरिकको मृत्यु भएको छ ।


लमही नगरपालिका – ९ तरूलियाका ८७ वर्षीय बिरबहादुर बोटेको घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ ।
बिहीबार बेलुका बिरबहादुरको गोठबाट आगो सल्किएको थियो । केटाकेटीले लाइटर खेलाउने क्रममा खरको छानो युक्त गोठमा आगो सल्किएको खुलेको छ ।आगो सल्किएर बिरबहादुरको घरसम्म पुगेको थियो ।


आगो घरमा सल्किरहेको समयमा बिरबहादुर पैंशाको बाकस निकाल्न घर भित्र छिरेका थिए । पैंशाको बाकस निकालेर आइ सकेपनि फेरि उनी तोरीको बोरा निकाल्न घर भित्र प्रबेश गरेका थिए ।

सोही क्रममा उनी निसास्एिर लडेको र जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलिया प्रहरी प्रमुख प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए ।

बिरबहादुरको गोठबाट सल्किएको आगो जितबहादुर बोटेको घरसम्म फैलिएको थियो । आगलागी बाट दुई घर र एक गोठ जलेर नष्ट भएका छन् । जितबहादुर बोटेको घरको केही सामान भने निकाल्न संभव भएको प्रहरीले बताएको छ । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल आगो नियन्त्रणमा लिनका लागि आएका थिए ।
राति साढे ११ बजेतिर मात्रै आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *