२०८१ बैशाख २१ गते शुक्रवार

गुटको भेला जस्तै लाग्ने गेहेन्द्र गिरीको शुभकामना आदान प्रदान कार्यक्रम

तुलसीपुर , बैशाख ९ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले आइतबार तुलसीपुर उपमहानगरपालिका – ७ गणेपुरस्थित शान्ति पार्कमा वनभोज तथा शुभकामना आदान प्रदान कार्यक्रम गरे ।

नयाँ बर्ष २०८१ को अबसरमा पाटी पार्टी र संगठनका साथी भाइ बीच आपसमा सदभाव र भाइचारा स्थापित गर्ने कार्यक्रमको उदेश्य थियो ।


केन्द्रीय सदस्यमा निर्वाचित भएपछि गत बर्षपनि नेता गिरीले यसरी नै शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेका थिए । यो बर्षपनि त्यसैको निरन्तरता थियो । तर, पार्टी र संगठन भित्र आपसी सदभाव र भाइचारा बढाउनका लागि भनेर गरिएको त्यो कार्यक्रम गुटगत भेला जस्तै थियो ।


एकाध उदाहरण हेरौं ।
काँग्रेस घोराही उपमहनगरपालिकाका नगर सभापति तिलक रावत निम्त्याइएका थिए । उनले मनतब्यपनि राखे । तर, तुलसीपुर निवासी केन्द्रीय सदस्य गिरीले तुलसीपुरमै शुभकामना आदान प्रदान कार्यक्रम राखि रहँदा तुलसीपुरका नगर सभापति सुरेश हमाललाई निम्तासम्म नगरेको खुल्यो । हमाल त्यहाँ उपस्थित थिएनन् ।

जबकि, तुलसीपुर नगरले तुलसीपुरस्थित बिपी वाचना लयमा आयोजना गरेको भब्य कार्यक्रममा नेताहरु तथा केन्द्रीय सदस्य द्धय दाजु भाइ गेहेन्द्र गिरी र दीपक गिरीले आँफुहरु एक रहेको भन्दै उठेर आपसमा हात उचारी कार्यकर्तालाई अभिनन्दन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता गेहेन्द्र गिरीले आँफुहरुका बीचमा कुनै गुट नरहेको तथा कहिलै गुटगट भेला नगर्ने वाचा गरेका थिए । त्यो वाचा पुरा गर्न तर्फ गेहेन्द्र गिरी चाहाँदैनन् कि, वा उनी त्यहाँ नेर चुकेका हुन कि ? जस्तै दृष्य आइतबारको शुभकामना कार्यक्रमले छनक दिन्थ्यो ।


उदाहरण नं. २
दाङ क्षेत्र नं. २ का सभापति भिमप्रकाश खड्का कार्यक्रममा निम्त्याइएका थिए । उनले पनि मनतब्य राखे । तर, दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का कार्यक्रममा उपस्थित थिएनन् । आफ्नै क्षेत्रमा कार्यक्रम भइ रहँदा क्षेत्र नं. ३ (१) का सभापति देबेन्द्र रिजाल, ३ (२) का सभापति खिमबहादुर वलीपनि उपस्थित थिएनन् । स्रोत भन्छ –उनीहरु कसैलाई निम्तासम्म गरिएको थिएन ।


कार्यक्रमका बीच केही ढिला गरि पूर्व क्षेत्रीय सभापति वडा नं. ७ का पूर्व वडाध्यक्ष तथा महाधिवेशन प्रनिनिधि टोपबहादुर केसी त्यो शुभकामना आदान प्रदान कार्यक्रममा झुल्केका थिए । तर, केसी तत्कालै कार्यक्रम छोडेर निस्किए । सायद उनले त्यो शुभकामना आदान प्रदान कार्यक्रम भन्दापनि गुटगट भेला हो, भन्ने महसुश गरे होलान ।


पूर्व माननीयसमेत रहेका गिरीको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व जिल्ला पार्टी सभापति कीर्तिबहादुर खड्का, घनश्याम रेग्मी, संविधान सभाका सदस्य बुद्धिराम भण्डारीसमेत उपस्थित थिएनन् । न त जिल्ला सभापति शंकरप्रशाद डाँगी नै थिए । नेता महादेव शाह भने उपस्थित थिए । पार्टी इतर समुहका मानिने पूर्व पार्टी सभापति विरकेश्वरी गौतम भने कार्यक्रममा निम्त्याइएका थिए ।


तुलसीपुर ५ का सभापति नविन बुढाथोकीको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रमको सहजीकरण राप्ती बबई क्याम्पसका कर्मचारीसमेत रहेका नारायण देवकोटाले गरेका थिए ।
कार्यक्रममा तुलसीपुर – ५ का वडाध्यक्ष बीरेन्द्रकुमार शाह, तुलसीपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ललितजंग शाह, नेतृ यमुना कँडेलको उपस्थिति थियो ।

उनीहरु बाहेक पूर्व जिल्ला सचिव टेकबहादुर वली, पूर्व जिल्ला सहसचिव सुरेन्द्रबहादुर खड्का, नेपाल तरुण दलका जिल्ला अध्यक्ष टीकाराम घर्ती मगर, नेविसंघका केन्द्रीय सदस्य रबी बुढाथोकी लगाएतले शुभकामना मनतब्य ब्यक्त गरेका थिए ।

जे होस केन्द्रीय सदस्य गेहेन्द्र गिरीको शुभकामना आदान प्रदान कार्यक्रम भनिएपनि त्यो झट्ट नियाल्दा जो कोही त्यहाँ पुग्ने नेता कार्यकर्ताले त्यो गुटगट भेला मात्रै थियो कि ? भन्न सक्ने प्रसस्त आधारहरु त्यहाँ देखिन्थे ।

प्रकाशित मिति : २०८१ बैशाख ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *