२०८१ बैशाख २० गते बिहिवार

बिगुल युग चेतनाको

  • विशाल गुप्ता

दिन वार मधुमास ऋतु वसन्त उहीँ
भोको पेट अभाव रोगले पाइन कहिल्यै सुइँ ।।

दैलो उघारी हेर चारैतिर अँध्यारो छ
बन्धन भित्र बन्धनै छ चारैतिर तगारो छ
उज्यालो खोज्ने हिडेकाहरु दविसके अँध्यारोमा
दवदवा लुटेराकै छ के रहयो र सन्सारमा ।।

मान्छे मान्छे एक हौं भन्दै नारा लगाउनेहरु
खुन चुसी कठै ! गरिवको गरीबी भगाउनेहरु
सुन कान खोलेर सुन टिक्दैन तिम्रो राज
भोलीको स्वप्न महल खडा गर्दा भासियो सन्सार आज

खबरदार ! होसियार बाटो बिगार्नेहरु
चल्मलाउदैछन हरेक कुना धर्ती संगार्नेहरु
छैन चोको अछुत यो भाषा ,धर्म ,राजनिती
भष्ट्राचार चुलिदो छ ठिक छैन मुल नीति

कहिले तिर्ने दस धारा दुधको अभिभारा
मुखमा राम वगलीमा छुरा भन्दै हिड्छाै सर्वहारा
हेर्दा हेर्दै नेपाली भूमि यो भयो कृडा आगन
कतिन्जेल रमिते बनौला अब उठ जागन

कर्म नै हो पवित्र धर्म लक्ष्य पहिल्याउदै हिड
आइ परे देश जोगाउने खुकुरी तरबार भिड
सिङो राष्ट्र  हाक्नलाई छैन कोहि नायक

कसले गरिदिन्छ आज भबिष्यको सोच
संघषका दोसाँधको भबिष्यको खोज
कतिन्जेल दवाब देउला डर धम्की यातनाको
फुकिसक्यो बिगुल जनमा युग चेतनाको ।।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *