२०८१ बैशाख २२ गते शनिवार

समयमै पढाई संचालन नभएको भन्दै तालाबन्दी


तुलसीपुर,बैशाख ११ । समयमै पढाई संचालन नभएको भन्दै क्याम्पस अफ लाइफ साइन्स तुलसीपुरमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन ।

उक्त क्याम्पसमा बिएसी एजि पहिलो सेमेस्नटरमा भर्ना लिएका विद्यार्थीहरुको गत माघ महिनादेखी पढाई नभएको भन्दै ती विद्यार्थीहरुले मंगलबार क्याम्पसमा तालाबन्दी गरेका छन।

विद्यार्थीहरुले एक बिज्ञप्ती जारी गर्दै क्याम्पसले बिगत देखि नै भोलि – भोलि भनेर टारिरहेकाे र विद्यार्थीहरुको भबिस्य माथी नै खेलवाड भएको जनाएका छन ।

तसर्थ आजकै मिति देखि कलेज प्रसासन र सम्पुर्ण कक्षाकाे पठनपाठन बन्द हुने ताला लगाएको एक विद्यार्थीले जानकारी दिए ।

साथै आफ्ना मागहरु सुनुवाइ नभए आफुहरु कानुनी प्रक्रियामा जाने माग पूरा नभए सम्म कलेज प्रसासन बन्द नै रहने उनले बताए ।

विद्यार्थीहरुको यो कार्यमा नेपाल विद्यार्थी सघ र अनेरास्ववियुले समर्थन जनाएका छन ।

यस्ता छन मागहरू :-
१. पहिलेको सम्झौता अनुसार सोही रकममा दुइदिन भित्रमा पठन पाठन सुचारु हुनु पर्छ ।
२. यस कलेजमा यदी पढाई हुन नसकेमा अन्य कलेजमा दुई दिन भित्रमा प्रक्रिया गरिदिनु पर्नेछ ।

प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *