२०८१ बैशाख २३ गते आइतवार

तुलसीपुरमा चलचित्र पत्रकारिता कार्यशाला सुरु


तुलसीपुर, बैशाख १३ । दाङको तुलसीपुरमा “चलचित्र पत्रकारिताको मुल मर्म,ब्याबसायीक पत्रकारिताका लागि सन्चार कर्म” भन्ने मुल नाराका साथ चलचित्र पत्रकारिता कार्यशाला सुरु भएको छ ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजना तथा चलचित्र बिकास बोर्डको सहकार्य, तुलसीपुर उपमहानगरपालिकाकाको समन्वय र ज्ञान ज्योति फाउन्डेसन र डिलाइट गुप्रको सहयोगमा बिहिवारदेखि चलचित्र पत्रकारिता कार्यशाला सुरु भएको हो ।


तीन दिनसम्म चल्ने कार्यशालामा स्कृप्ट लेखन, कार्यशाला सिनेमा सम्वाद र अन्तरक्रिया कार्यक्रम हुने भएका छन् ।
कार्यशालाको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै नगर प्रमुख खड्काले पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म हेर्दा नेपाल साच्चिनै सुनै सुनको सुन्दर फुलवारी रहेको बताए ।

नेपाल सुनै सुनको फुलवारी भएपनि त्यसको पहिचान हुन नसकेको र त्यसको प्रवद्र्धन गर्न चुकेको बताए । दाङकै सन्दर्भमा पनि निकै ऐतिहासिक, पौराणीक स्थलहरु भए पनि त्यसको बारेमा सबैले चासो दिए पनि दंगालीहरुले त्यसप्रति चासो दिन नसकेको बताए । दाङको संस्कृति, दाङको जातिय धार्मिक अवस्थाको सविकास हुन नसकेको बताए ।

दाङमा थारु संस्कृति अत्यन्त पुरानो ईतिहास बोकेको सस्कृति र थारु राजाले राज गरेकाले त्यसको विशेषता धेरै रहेको मेयर खड्काले बताए । साथै मेयर खड्काले दाङमा पनि तुलसीपुर क्षेत्र दंगीशरण राजादेखि छिल्लीकोट, प्रतावकोट, सुकीकोट, देविस्थान, सरकौराकोट, टुईदाङ, बबईको बिहेषता संग जोडिएकाले यो सम्बन्धि अध्यन अनुसन्धान गर्न सकेमा चलचित्र पत्रकारिताको क्षेत्र महत्व पुजी बन्न सक्ने बताए । साथै उनले त्यसको लागि पालिकाका र पत्रकारहरु सहकार्य गरेर अवगाडी बढ्नु पर्ने बताए ।


त्यस्तै शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले पर्यटनलाई प्रबर्द्धन गर्न र चलचित्र क्षेत्रको बिकासका लागि गाउँपालिकाले बजेट बिनियोजन गरिसकेको बताए । त्यस्तै चलचित्र बिकास बोर्डका सदस्य एवं प्रबक्ता केएल पीडितले दाङ जिल्लालाई चलचित्र नगरी बनाउन चाहे पनि त्यसका आधारभुत जनशक्तिको अभाब रहेको बताए । तर चलचित्र क्षेत्रको बिकासका लागि दाङका पालिकाले आबश्यक बजेट बिनियोजन गरेर बहुउद्देश्यीय कला घर निर्माण गर्न सकिने बताए ।


कार्यक्रममा चलचित्र पत्रकार संघका केन्द्रिय अध्यक्ष समिर बलामीले सिनेमा पर्यटन प्रबर्द्धनको सशक्त माध्यम भएको भन्दै यसको माध्यमबाट पर्यटन प्रबर्द्धन गर्न ठुलो मद्धत पुग्ने बिस्वास ब्यक्त गरे । त्यसैगरी कार्यक्रममा वरिष्ठ चलचित्र पत्रकार शान्ती प्रियले चलचित्रलाई समृद्ध उधोग बनाउनका लागी चलचित्र पत्रकारितालाई मर्यादित बनाउनुपर्ने र कार्यशालाले नया बाटो तय गर्ने बताए ।


कार्यक्रममा प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले चलचित्रको समग्र अबस्था संकटमा रहेको तर्क गरे । कार्यक्रममा नेपाल पत्रकार महासघ दाङका सल्लाहकार डाक्टर सुदिप गौतमले चलचित्र एउटा सशक्त बिद्या भएको र यसले मानिसको जीवन परिबर्तनमा महत्त्वपूर्ण भुमिका खेलेको बताए ।

“संचारले मान्छेको व्यबहार परिबर्तन गर्छ,उनले भने,चलचित्रमा व्यबहार परिबर्तन जरुरी छ । ”

उनले चलचित्र सामाजिक कुरिती परिवर्तनका लागि महत्त्वपूर्ण बिद्या भएको बताए । साथै उनले दाङ चलचित्रको क्षेत्रमा फस्टाउन नसकेको बताउदै एकपटक दाङ चलचित्रको इतिहास खोत्लनु पर्ने बताए ।

त्यस्तै प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष सबिन प्रियासनले नेपाली पत्रकारिता र चलचित्र पत्रकारितालाई कसरी ब्यबसायीक बनाउन सकिन्छ भनेर बहस चलाउनु पर्ने बताए । उनले मुलुकलाई आत्मनिर्भर बनाउन चलचित्र क्षेत्रको बिकास अपरिहार्य रहेको औल्याए ।

त्यस अबसरमा नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव सुलोचना गौतम, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी लगाएतले बोलेका थिए।


चलचित्र पत्रकार संघ दाङका निवर्तमान अध्यक्ष शिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब निरला अर्यालले गरेकी थिइन ।

प्रकाशित मिति : २०८१ बैशाख १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *