२०८१ बैशाख २४ गते सोमवार

बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाले बढयो


काठमाण्डौ ,बैशाख १२ । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलाको एक लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार पाँच सय रुपैयाँ रहेको थियो । हिजो एकैदिन सुनकाे भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घटेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार छ सय ७० रुपैयाँ पुगेको छ ।

हिजो चाँदीको भाउ तोलाको एक हजार छ सय ६० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *