२०८१ बैशाख २२ गते शनिवार

दाङ जिल्ला उद्योग वाणिज्य संघको सचेतना कार्यक्रम शुरु


गोविन्द खड्का,घोराही, बैशाख १३ । दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराहीमा विहिवार देखि व्यवसायीक सचेतना कार्यक्रम शुरु गरेको छ ।

संघका अध्यक्ष वसन्त जोसीले शुभारम्भ गरेका हुन । सचेतना कार्यक्रममा सबैका ढाका ढोकामा पुगेर व्यवसायीका गुणासा सुन्ने र आवश्यक सेवा दिने सहकोषाध्यक्ष एवं सदस्यता तथा कोष बृद्धि उपसमिति संयोजक माधव खनालले जानकारी दिए ।

टोलि सब्जीमण्डी, राप्ती टोलमा घरदैलो गरेको थियो । दिनदिन कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । प्रमाणपत्र देखिने गरी राख्ने, समयमा नविकरण गर्ने, पान नम्बर देखिने गरी राख्ने लगाएत सिकाएको छ ।

पहिलो दिन ८० पसलमा पुगेर सेवा दिइएको संयोजक खनाललले बताए । व्यवसायीलाई वुलेटिन र क्यालेन्डर वितरण गरिएको थियो ।

संघका सदस्य निमबहादुर बुढाथोकि, विष्णु रिजाल, नोर्बुृ तामाङ लामा र बामदेव न्यौपाने दिनभरी खटेका थिए ।

वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ, महासचिव महेन्द्र बुढाथोकि लगाएतको सहभागिता थियो ।

प्रकाशित मिति : २०८१ बैशाख १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *