२०८१ बैशाख १४ गते शुक्रवार

मोबाइलमा पैसा सकिएपछि नेपाल टेलिकमको निःशुल्क सेवा

बैशाख ८। अब मोबाइलमा पैसा सकिएपछी नेपाल टेलिकमले सित्तैको सेवा दिने भएको छ । कोरोना भाइरसका कारण लकडाउन भएको अवस्थामा मोबाइलमा रिचार्ज गर्न नपाएर कुरा गर्न र ईन्टरनेट चलाउन नपाएकाहरुलाई टेलिकमले निःशुल्क सेवा दिन लागेको हो ।

मोबाइलमा शून्य ब्यालेन्स भएको र पटक-पटक अरुसँग कुरा गर्न खोजेका सिमकार्ड पत्ता लगाएर टेलिकमले शन्देश पठाउनेछ । आवश्यक प्रक्रिया पूरा गरेपछि निःशुल्क सेवा सुरु हुनेछ ।यस्ता ग्राहकको विवरण संकलन भैरहेको टेलिकमले बताएको छ ।

‘भोलीदेखि नै यो सेवा लागू हुनेछ । नेपाल टेलिकमले २५ वटा एसएमएस, ५० मिनेट भ्वाइस र १ सय एमबी डाटा निःशुल्क दिने तयारी गरेको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस
  1. Gita regmi says:

    Jfdao

Leave a Reply

Your email address will not be published. Required fields are marked *