२०८१ बैशाख १६ गते आइतवार

टिकटकमा १० मिनेटसम्मको भिडियो अपलोड गर्न सकिने

फागुन १९ । चिनियाँ भिडियो एप टिकटक अहिले संसारमै सबैभन्दा डाउनलोड हुने एप हो । टिकटकमा सुरुमा १५ सेकेन्डको भिडियो अपलोड गर्न सकिन्थ्यो । यसपछि ६० सेकेन्ड हुँदै तीन मिनेटसम्मको भिडियो पोस्ट गर्न सकिने सुविधा थपिएको थियो । अब देखि भने टिकटकमा १० मिनेटसम्मको भिडिओ अपलोड गर्ने सुविधा उपलब्ध गराएको छ ।

प्रविधि सम्बन्धी समाचार संस्था द भर्जसँग कुरा गर्दै टिकटकका प्रवक्ताले १० मिनेटसम्मको भिडियो राख्न मिल्नेबारे जानकारी गराएका छन् ।

यो फिचरको सुरुवात गर्न पाउँदा आफूहरु निकै उत्साहित भएको उनले बताएका छन् । यो निर्णयले विश्वभरका क्रिएटरलाई थप रचनात्मक बन्न भूमिका खेल्ने अपेक्षा कम्पनीले लिएको उनले जनाए ।

प्रकाशित मिति : २०७८ फाल्गुन १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *