२०७७ मङ्सिर १२ गते शुक्रवार

‘एक वर्षमै कम्यूनिष्ट सरकार असफल भइसक्यो’ – काँग्रेस सहमहामन्त्री डा. महत (भिडियो सहित हेर्नुहोस)

दाङ,माघ २१ ।
नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले एक वर्ष दिन मै कम्यूनिष्ट सरकार असफल भइसकेको बताएका छन् । बर्ष दिन नपुग्दै कम्यूनिष्ट सरकारको गतिविधि बाट जनता वाक्क दिक्क भइसकेको उनको दाबी छ । घोराहीको तुलसीपुर चोकमा भएको सभालाई सम्वोधन गर्दै महतले कम्यूनिष्ट सरकारले आश्वासनका पोका मात्रै बाँडेको तर कुनै काम नगरेको उनले आरोप लगाए । कम्युनिष्टहरु विज्ञापन गर्न, प्रोपोगाण्ड गर्न मात्रै सिपालु रहेको तर काम भने केही पनि नगरेको नेता महतले बताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरी, प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी र अर्जुनकुमार श्रेष्ठले केपी ओली नेतृत्वको दुई तिहाइ बहुमतको सरकारलाई के भने ? हेर्नुहोस भिडियो सहित । काँग्रेस नेतृ पुष्पा श्रेष्ठको स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाली काँग्रेस दाङका सचिव शंकरप्रशाद डाँगीले गरेका थिए ।

हेर्नुहोस भिडियो 

प्रकाशित मिति : २०७५ माघ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *