२०८१ बैशाख ७ गते शुक्रवार

यस्तो छ दाङमा बनिरहेको मुख्यमन्त्रीको कार्यालय र प्रदेशसभाको भवन (भिडियो)

लालमटिया, मंसिर २२ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीस्थित राप्ती गाउँपालिका वडा नं. ३ साबिक राप्ती प्राविधिक शिक्षालयको पहिचान आज फेरिएको छ ।

यसअघि सयौं विद्यार्थी अध्ययन गर्दाको भन्दा आज यहाँ  फरक चहलपहल देखिन थालेको छ ।

सेना प्रहरीका गाडीहरू बाक्लै आउन थालेका छन ।  सवारी साधन उत्तिकै आउन थालेका छन् । झण्डा हालेका गाडीहरु साइरन बजाउँदै गुडेको दृष्यले स्थानीय रोमाञ्चित छन् ।

सर्वसाधारणदेखि जिल्ला र जिल्ला बाहिरका राजनीतिक दलका नेताहरु त्यहाँ आउने क्रम बढ्न थालेको छ ।

२०७७ साल असोज २० गतेको प्रदेशसभाको दुई तिहाई बहुमतले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यकामा सार्ने निर्णय गरेको थियो । त्यो निर्णय आज कार्यान्वयनको  अन्तिम चरणमा प्रबेश गरेको छ ।
उक्त निर्णयको दुई वर्ष दुई महिना पहिले प्रदेश सभाको बहुमत सदस्यले १८ बिगाहा क्षेत्रफलमा रहेको लालमटियास्थित शिक्षालय आज लुम्बिनी प्रदेशको मुख्य मुकाम बन्ने प्रक्रियामा छ ।

झन्डै ३० वर्ष शिक्षालय निर्माण गरि प्राविधिक विषय पढाई हुँदै आएको थियो। शिक्षालय झन्डै १४ किलोमिटर दक्षिण राप्ती पारी गढवा गाउँपालिकामा यसअघि नै  स्थान्तरण भइ सकेको छ ।  त्यसैले सोही शिक्षालय भित्रै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय ब्यवस्थापनको काम भइरहेको छ।

यहाँ साना ठूला २४ वटा भवन छन् ।  प्रदेशसभा भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। हाल वाइरिङ, रङरोगनदेखि जिप्सन लगाउने काम धमाधम भइरहेको छ।

यहाँ दुई मन्त्रालय यहाँ पहिलै स्थान्तरण भइसकेका थिए। तै काम भने बुटवलबाटै हुँदै आएको थियो। सोमबार मध्यराति लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मुख्य सचिवको कार्यालय बुटवलबाट सारिए पछि अब क्रमिक रुपमा अन्य मन्त्रालय आउने छन् ।
निकट भविश्यमै प्रदेशसभाको पहिलो बैठक बस्ने, नयाँ मुख्यमन्त्री तथा मन्त्रीको सपथ पनि स्थायी राजधानीमै गराउने गरि काम धमाधम भइरहेको छ ।

मुख्यमन्त्री र मुख्य सचिवको कार्यालयका सामाग्री ब्यबस्थापनमा कर्मचारीदेखि सचिवायलयका मानिसहरु खटिएका छन ।  कुर्सी टेवल, सोफा मिलाउनेदेखि मुख्य मन्त्रीको कार्यालय सजाउने, सचिवायल ब्यवस्थापनको काम धमाधम भइरहेको छ । कस्तो छ ? दाङमा बनिरहेको प्रदेशसभा बैठक बस्ने भवन ? त्यस्तै कस्तो छ ? मुख्य मन्त्री र मुख्य सचिवको कार्यालय ? (भिडियो)

प्रकाशित मिति : २०७९ मङ्सिर २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *