तुलसीपुर, माघ २१ । दाङ तुलसीपुरको हिमाल एकाडेमी बोर्डिङ स्कूल स्थापनाको १९ बर्षमा प्रबेश गरेको छ । यस अबसरमा बिद्यालयले हप्ता दिन भर बिभिन्न कार्यक्रमहरु गरि स्थापना दिवस मनाइ रहेको छ ।
शु्क्रबार उस्ले तुलसीपुर – ६ स्थित जुनियर ब्लकमा एक औपचारिक कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल मधुसुदन केसीले बिक्रम संबद २०८१ सम्म जुनियर ब्लकपनि आफ्नै भवनबाट संचालन गर्ने तयारी गरिएको जानकारी दिए ।
माथिल्लो ब्लकमा कक्षा नर्सरीदेखि कक्षा ३ सम्म पढाइ हुने गर्छ भने तल्लो ब्लकमा कक्षा ४ देखि कक्षा १२ सम्म पढाइ हुँदै आएको छ ।
माथिल्लो ब्लक भाडामा संचालन हुँदै आएको छ भने तल्लो ब्लक भएको जग्गा तथा सम्पूर्ण संरचना विद्यालयका आफ्नै हुन ।
प्रिन्सिपल केसीले हिमालले संस्कृत शिक्षापनि पढाउन चाहेको बताएका थिए । समय सुहाउँदो र युग सुहाउँदो स्तरिय शिक्षा प्रदान गरि एउटा योग्य नागरिक उत्पादन गर्न तर्फ आँफुहरु संधै पर्यत्नसिल रहेको उनले बताएका थिए ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष विनय कुमार मिश्रको अध्यक्षता र ब्रर्माकुमारी इश्वरीय विश्वविद्यालय तुलसीपुरकी प्रमुख गीता ‘दिदी’को प्रमुख आथित्यमा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई अभिभावक संघका अध्यक्ष श्रमलाल चौधरी, तुलसीपुर नगर प्याब्सनका अध्यक्ष गिरीबहादुर डाँगी लगाएतले सम्बोधन गर्दै हिमाल एकाडेमी तुलसीपुर क्षेत्रको एक उत्कृष्ट शैक्षिक थलो बनेको भन्दै भविश्यमा पनि अहिले कायम गरिमा जोगाइ राख्न आग्रह गरेका थिए ।
कार्यक्रमका अबसरमा बिद्यालयमा दश बर्षदेखि निरन्तर पढाउँदै आएका शिक्षक÷शिक्षिकालाई कदर पत्रसहित सम्मान गरिएको थियो ।
त्यस अबसरमा गत बर्षको बार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यार्थीलाई पनि पुरुस्कृत गरिएको थियो ।
कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ३ सम्ममा बालबालिकाकाले बिभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।
यो बिद्यालयले शिनियर ब्लकका बिद्यार्थीको प्रस्तुती रहने कार्यक्रम यही हप्ता अरनिको मैदानमा मनाउने तयारी गरेको छ ।