२०८१ मङ्सिर २७ गते बिहिवार

नेकपा एकीकृत समाजबादीले मन्त्रीमा पठाउने ब्यक्तिहरुको नाम टुँगो लगायो

दाङका मेटमणि चौधरी मन्त्रीको रेशबाट बाहिरिए

दाङ, असोज २२ । नेकपा (एकीकृत समाजवादी) ले मन्त्री हुनेहरूको नाम टुंगो लगाएको छ। उस्ले विरोध खतिवडाको नेतृत्वमा सरकारमा सहभागिता जनाउने भएको छ । नेतृ रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ मन्त्री र भवानी खापुङलाई राज्यमन्त्री बनाउने उक्त पार्टीले टुँगो लगाएको हो ।

मकवानपुरबाट निर्वाचित खतिवडा सहरी विकास मन्त्री बन्ने भएका छन् । त्यस्तै झाँक्री स्वास्थ्य मन्त्री, आले पर्यटन मन्त्री र श्रेष्ठले श्रममन्त्रीको जिम्मेवारी पाउने भएका छन् ।

त्यस्तै तेह्रथुमबाट निर्वाचित सांसद भवानी खापुङ राज्यमन्त्री बन्ने भएका छन । उनको मन्त्रालय भने टुंगो लागिसकेको छैन।

दाङको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित मेटमणि चौधरी मन्त्रीको रेशबाट बाहिरिएका छन् । यसअघि चौधरी आँफैले आफ्नो नाम टुँगो लागि सकेको र आँफू नागरिक उड्यन तथा पर्यटन मन्त्री बन्ने निश्चित भइसकेको फरककोणलाई बताएका थिए ।

प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *