काठमाडौं,असोज ३१ । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ ।
सुनको मूल्य आज एकैदिन तोलामा ७ हजार १ सय रुपैयाँले बढेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ७ हजार १ सयले बढेर २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ ।
बुधबार सुनको मूल्य २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्यमा पनि ७५रुपैयाँले बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको हो ।
हिजो चाँदीको मूल्य ३ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८२ असोज ३१ गते शुक्रवार

