२०८३ साउन १५ गते शुक्रवार

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक


काठमाडौं,असार २७ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ। शुक्रबार राष्ट्र बैंकले आगामी आवको मौद्रिक नीति सार्वजनिक गर्ने भएको हो ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आगामी आर्थिक वर्षको मौद्रिक नीति पास गरिसकेको छ । आज दिउँसो मौद्रिक नीति सार्वजनिक गर्न लागिएको छ ।

नेपाल राष्ट्र बैंकले उक्त नीति नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमार्फत सार्वजनिक गर्ने जनाएको छ।

बैंकले आज सूचना प्रकाशित गर्दै मौद्रिक नीति सार्वजनिक हुने कार्यक्रमको विस्तृत जानकारी दिएको हो। कार्यक्रम बैंकको फेसबुक पेज र युट्युब च्यानलबाट समेत प्रसारण गरिने राष्ट्र बैंकले जनाएकाे छ।

प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *