२०८२ असार २४ गते बुधवार

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाइलटसहित र ६ जनाको मृत्यु


काठमाडौं ,असार १ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ।

देहरादुनबाट केदारनाथ उडेको हेलिकप्टर आइतबार बिहान रूद्रप्रयागको गौरिकुण्डमा दुर्घटना भएको भारतीय अनलाइन पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ।

हेलिकप्टरमा पाइलटसहित र ६ जना यात्रु सवार थिए। तीमध्ये एक जना बालक रहेको पनि बताइएको छ।

हेलिकप्टरमा सवार यात्रुहरूका बारेमा थप विवरण सार्वजनिक भएको छैन।

आर्यन एभियसन प्रालिको उक्त हेलिकप्टर गौरीकुण्ड र त्रिजंगीनारायणको बीचमा पर्ने दुर्गम गाउँमा दुर्घटना भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

हेलिकप्टरमा सवार सातै जनाको मृत्यु भएको पनि टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख छ।

दुर्घटना बिहान ५:२० बजे भएको उत्तराखण्डको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

उत्तराखण्का प्रहरी महानिरीक्षक राजिव स्वरूपले दुर्घटनाको पुष्टि गरर्का छन्। साथै उद्धार टोली पनि घटनास्थलमा परिचालन गरिएको उनले बताएका छन्।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले हेलिकप्टर दुर्घटनाको खबरले स्तब्ध बनाएको बताएका छन्।

बिहीबार मात्रै भारतको अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायत उडेको एयर इन्डियाको बोइङ जहाज दुर्घटना भएको थियो।

दुर्घटनामा परी विमानमा सवार २४१ जनाको मृत्यु भएको थियो।

– साभार सेतोपाटि

प्रकाशित मिति : २०८२ जेष्ठ ३२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *