२०८३ असार १४ गते आइतवार

कृषि तालिम समापन


तुलसीपुर, असार २० । तुलसीपुर उपमहानगरपालिका ११ नम्वर वडा कार्यालयको आयोजनामा किसानहरुका लागी ४ दिने कृषि सम्वन्धी तालिम सम्पन्न भएको छ । एक कार्यक्रमको आयोजना गरी मकै, धान तथा वेमौसमी तरकारी सम्वन्धी कृषी तालिमको समापन गरिएको हो ।

वडा अध्यक्ष चित्र वहादुर वलीको अध्यक्षता एवं नेपाल किसान संघ दाङका अध्यक्ष गोवर्धन शर्माको प्रमुख आतिथ्यमा भएको समापन सत्र कार्यक्रममा वडा सदस्यहरु निर्मा चौधरी, खिम कुमारी विक, वडा सचिव भुवनेश्वर अधिकारी, प्रशिक्षक कृषी विशेषज्ञ रामाश्रे शाह, सहभागिहरु नन्दकली पुन, जागेश्वर भण्डारी, लिलाध्वज वस्नेत लगायतले आधुनिक कृषी प्रविधिमा ध्यान दिई आर्थिक विकासतर्फ लाग्न तालिममा सहभागि किसानहरुलाई अनुरोध गरेका थिए ।

६० जना कृषकहरुको सहभागि रहेको तालिमको प्रशिक्षकमा पशु सेवा शाखा कार्यालय तुलसीपुरका अधिकृत कुलराज चौधरी, कृषी विशेषज्ञहरु रामाश्रे शाह, ववि वस्नेत लगायतका रहेका थिए । कार्यक्रमको सहजिकरण कर्मचारी लक्ष्मी चौधरीले गरेकी थिइन् ।

 

प्रकाशित मिति : २०७६ असार २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *