२०८२ असार ७ गते आइतवार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं,जेठ १ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमको सञ्चालक समितिले बिहीबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ तथा डिजेल र मट्टितेलमा ३ रूपैयाँले मूल्य घटाइएको छ ।

नयाँ मुल्य अनुसार अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १५४.५०, दोस्रोमा १५६ र तेस्रोमा १५७ रूपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १३९.५०, दोस्रोमा १४१ र तेस्रोमा १४२ रूपैयाँ भएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *