२०८२ साउन १ गते बिहिवार

नेपाली भाषाका शिक्षकका लागि कार्यशाला सम्पन्न


दाङ, फागुन ९ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङकाे आयाेजनामा एकदिने नेपाली भाषा प्रशिक्षण कार्यशाला सम्पन्न भएकाे छ ।

शुक्रबार दाङकाे घाेराहीमा एक कार्यक्रमका बिच एकदिने नेपाली भाषा प्रशिक्षण कार्यशाला सम्पन्न भएकाे हाे

प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपानेकाे अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

कार्यक्रममा विश्वास पा‌ैडेलले प्रशिक्षण दिएका थिए । कक्षा ३ देखि १० सम्मकाे नेपाली विषय शिक्षण तथा प्रश्न निर्माण सम्बन्धि प्रशिक्षण दिइएकाे थियाे ।

कार्यक्रमका सहभागीका तर्फबाट पशुपति विद्याश्रमका नारायण नेपाल र सिर्जना बालबाटिका माविका पद्मा पाैडेलले पृष्ठपाेषण मन्तव्य राखेका थिए । कार्यक्रममा गाेल्डेन बुक्स पब्लिकेसन्सले सहकार्य गरेकाे थियाे ।

प्याब्सन दाङका बरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्दले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।

प्याब्सन दाङका तालिम तथा अनुसन्धान विभागका संयाेजक चक्रबहादुर रावतले धन्यवाद मन्तव्य राखेका थिए भने सहसचिव कृष्णप्रसाद पाेख्रलले कार्यक्रमकाे सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *