२०८२ असार ४ गते बिहिवार

तुलसीपुरमा १३ बर्षिया बालिका बेपत्ता


तुलसीपुर,फागुन ७ । दाङको तुलसीपुरबाट एक बालिका वेपत्ता भएकी छिन

तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइन निवासी १३ वर्षीया विपना वली बाहिनी चोकबाट आइतबार बिहान ९ बजे देखि बेपत्ता भएको बुवा पवन कुमार वलीले जानकारी दिए ।

आइतबार बिहान डान्सको कपडा छोड्न गएकी विपना बाहिनी चोक नजिक बाट हराईरहेको वुवा पवनले बताए ।

‘सीसी क्यामरामा हेर्दा बिहान ९ बजेतिर बाहिनी चोकदेखि पश्चिमको भित्री गल्लीतर्फ एक्लै गएको देखिन्छ । त्यसपछि अहिलेसम्म घरमा पनि आएकी छैन । उनको हातमा कुनै मोबाइल पनि छैन । आफन्तको घरमा पनि गएकी छैनन् । ’ वुवा पवन कुमारले भने ।

बालिका विपना तुलसी बोर्डिङमा कक्षा ६ अध्ययन गर्दै आएको पारिवारिक स्रोतले बताएको छ ।

बालिका कतै फेला परेमा नजिकैको प्रहरी चौकि अथवा मोबाईल नम्बर ९८५७८३६६१२ सम्पर्क गरिदिन बुबा पवनले सबैमा आग्रह समेत गरेका छन ।

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *