
झुपु बुढा क्षेत्री,
दाङ, जेठ ९ । कोरियामा बस्दै आएका नेपालीहरुले दाङका एकजना क्यान्सर पीडित व्यक्तिको उपचारमा सहयोग पुगोस भनेर आर्थिक सहयोग पठाएका छन् ।जिल्लाको बबई गाउँपालिका वडा नं. ५ निवासी क्यान्सर पीडित ३५ बर्षीय पूर्णबहादुर ठारा मगरको उपचारमा सहयोग पुगोस भनेर विदेशमा रहेका नेपालीले विहीवार ८६ हजार रुपैंया पठाएका छन् ।
जेके चोक घर भई हाल कोरियामा बस्दै आएका मेघराज पौडेलको पहलमा त्यहाँ पुगेका नेपालीहरु बाट संकलित ८६ हजार रकम विहीवार एक कार्यक्रमका बीच ठारा मगरकी पत्नि सृजना ठारा मगरलाई हस्तान्तरण गरिएको छ । जेसिबी चालक पूर्णलाई ४ महिना अगाडि फोक्सोमा क्यान्सर भएको पत्ता लागेको थियो । पूर्णको हालसम्म चितवन, काठमान्डौंको भक्तपुर,भारतको लखनउ लगाएका स्थानमा उपचार गरिएको छ । चिकित्सकले उपचारका लागि थप रकम आवश्यक पर्ने बताएका छन् । आर्थिक अवस्था कमजोर भएका ठारा मगरलाई देश विदेशवाट हालसम्म झन्डै चार लाख आर्थिक सहयोग प्राप्त भइसकेको छ ।
क्यानसर पीडित ठारा मगर बचाउ अभियानमा सहभागी हुँदै बबई कोरिुयावाट संकलन गरि पौडेलले पठाएको रकम बबई गाउपालिका वडा ५ का अध्यक्ष डम्बर श्रीस र गोबिन्द पौडेलले सृजनालाई हस्तान्तरण गरेका हुन ।
