२०८२ असार ५ गते शुक्रवार

ज्ञानमाला एकेडेमीको १६ औं बार्षिकोत्सव सम्पन्न

दाङ,मंसिर २१ । घोराही उपमहानगरपालिका वडानं. १६ सर्रास्थित ज्ञानमाला एकेडेमीको १६ औं बर्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ ।

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष चिजबहादुर चौधरीको अध्यक्षता र निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) का केन्द्रीय सचिव यादव गिरीको प्रमुख आतिथ्यमा कार्यक्रमम सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले व्यवहारीक र जीवनोपयोगी शिक्षा अहिलेको आबश्यकता भएको बताए । युवाहरु विदेश पलायन भैरहेको अबस्थामा युवालाई स्वदेशमै स्वरोजगार बनाउने खालको शिक्षा दिन आबश्यक रहेको उनले बताए ।

यसका लागि राज्यले प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने धारणा गिरीले व्यक्त गरे । शिक्षित जनशक्तीलाई राज्यले उचित अवसर दिनुपर्ने विचार उनले व्यक्त गरे ।

कार्यक्रमका बिशिष्ट अतिथि घोराही उपमहानगरपालिका वडानं. १६ का अध्यक्ष ताराबहादुर डाँगीले शिक्षामा सबैको समान पहुँच हुन आबश्यक रहेको धारणा व्यक्त गरे ।
यस्तै बिशिष्ट अतिथि प्याव्सन घोराही उपमहानगर कमिटी अध्यक्ष बिरेन्द्र चन्दले बिद्यार्थीको भबिस्य बिद्यालयको हातमा मात्रै नभएर अभिभावकको जिम्मेवारीमा पनि निर्भर हुने विचार व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले शिक्षाले मानिसको जीवन परिवर्तन गर्न भूमिका खेल्नुपर्ने बिचार व्यक्त गरे ।

कार्यक्रममा पूर्व प्रिन्सिपल भुवन चौधरी, शहरी स्वास्थ्य केन्द्र घोराही–१६ करौतीडाँडा, बिद्यालयलाई कम्प्युटर सौजन्य गर्ने सरस्वती खड्का र बिनोद केसीलाई सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट शिक्षकका रुपमा रुपक नेपाली, सर्वोत्कृष्ट अभिभावकका रुपमा अस्मिता भण्डारी र सिर्मा गुरुङलाई पनि सम्मान गरिएको थियो ।


कार्यक्रममा बर्ष सर्वोत्कृष्ट बिद्यार्थी स्मारीका चौधरी, बर्ष उत्कृष्ट अनुशासीत बिद्यार्थी आरजु चौधरी, सामाजिकरुपमा सक्रीय बर्ष उत्कृष्ट बिद्यार्थी विवेक श्रेष्ठ र जेहेन्दार बिद्यार्थी मनिका लामिछानेलाई सम्मान गरिएको थियो । यस्तै पूर्व प्रावि तहतर्फ बर्ष उत्कृष्ट सरसफाईयुक्त बिद्यार्थी शिरिषा योगी र प्राथमिकततर्फ बर्ष उत्कृष्ट सरसफाईयुक्त बिद्यार्थी एलिना चौधरीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बिद्यालयका प्रिन्सिपल महेश बस्नेतले बिद्यालयको प्रगति विवरण र आगामी योजनाहरु प्रस्तुत गरेका थिए ।
बिद्यालयकी कार्यक्रम संयोजक बिमला केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण बिद्यार्थी अदिती केसी र शिक्षक बिजेन्द्र कार्कीले गरेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *