२०८१ माघ ३ गते बिहिवार

भुकम्पले रोल्पाका २ विद्यालयका भवनमा क्षति

भुवन केसी,रोल्पा,कात्तिक २२ । यहि कार्तिक १७ जाजरकोटको रामीडाडा केन्द्रबिन्दु भएर गएको भुकम्पले रोल्पाका २ विद्यालयका भवनमा क्षती पु¥याएको छ ।


जिल्लाका श्री अमरसत्य प्राथमिक विद्यालय गंगादेव गाउँपालिका ६ झुलहुने टाकुरा राँकमा भुकम्पले क्षती पु¥याएको हो ।

करिब ४५ लाखको लागतमा भखैरै निर्माण सम्पन्न भएको २ तले ४ कोठे भवन र अर्को ७२ सालमा निर्माण गरिएको २ कोटे भवनमा क्षती पुगेको छ।

बिद्यालयका प्रधानध्यापक पबन कुमार वलीले भुकम्पले करिब ५५–६० लाख जतिको लागतमा निर्माण गरिएका भवनहरु ठाउँ–ठाउँमा चर्काएर क्षती पुर्याएको बताए ।

विद्यालयका भवन १७ गते नै चर्काएको भएपनि हिजो आजा विद्यालय दशै तिहारको बिदा भएको र आज बिहान मात्रै बिद्यालय परिसरमा अलोकन गर्दा उक्त क्षति भएको थाहा भएको जानकारी गराउन भएको छ।

प्रकाशित मिति : २०८० कार्तिक २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *