२०८१ मङ्सिर १८ गते मङ्गलवार

राष्ट्रिय संगीतकर्मी संघ दाङको तेस्रो अधिबेशन सम्पन्न,अध्यक्षमा वली

तुलसीपुर,असोज १७ । राष्ट्रिय संगीतकर्मी संघ दाङको तेस्रो अधिबेशन तुलसीपुरमा सम्पन्न भएको छ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ । सघंको अध्यक्षमा दिपक वली चयन भएका छन ।

त्यस्तै सघंको बरिष्ठ उपाध्यक्षमा एच. आर. मगर , प्रथम उपाध्यक्षमा उषा दशौदि , उपाध्यक्षमा कमल खड्का , दिपक बर्मा, हरिकला बुढा , श्रीधर कडेल, सचिवमा भिम बहादुर वली , सह–सचिवमा ईश्वर बिसि , कोषाध्यक्षमा टंक खड्का , सह–कोषाध्यक्ष वीर बहादुर बिक र सघंको प्रबक्तामा रमेश वलीलाई चयन गरिएको छ ।

त्यस्तै सघंको सदस्यहरुमा करन वली, दामोदर केसी,रमेश जैशी , हर्क बहादुर बिक , बेलमति बिक , पुजा बिक , पार्वती बिक , बसन्त बाबू वली , आशा बुढामगर , बिमला थापा मगर , लोक बहादुर बिक , हरिप्रसाद पाण्डे , अस्मिता केसी,जानकी बिक , वसन्त रानामगर , गुमाणसिंह केसी रहेका छन ।

त्यस्तै सघंको सल्लाहकारहरुमा सन्तोष कुमार गुप्ता , शंकरमान बिष्ट , राजकुमार वलीलाई नयाँ नेतृत्वमा मनोनीत गरेको हो।

नवनियुक्त पदाधिकारीहरुलाई शुभकामना दिदै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले राज्यले गर्नुपर्ने काम राष्ट्रिय संगीतकर्मीले गर्दै आइरहेको बताए।

विभिन्न खालका कलाकार स्थापित गर्न राष्ट्रिय संगीतकर्मी संघले महत्त्वपूर्ण भुमरीमा निवार्ह गर्छ भन्नेमा आफु विश्वस्त भएको र आफुबाट हुन्न सक्ने सम्पुर्ण सहयोग भैरहने समेत बताए।

त्यस्तै विशिष्ट अतिथि राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय उपाध्यक्ष तथा का.वा अध्यक्ष प्रकाश कटुवालले राष्ट्रिय संगीतकर्मी हजारौं संगीत क्रमिहरुको साझा संस्था भएको बताए ।

उषा दशौदिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दिपक वर्माले गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *