निरला अर्याल,तुलसीपुर,भदौ ३० । तीजको महत्वलाई स्थान्तरण गर्दै कला संस्कृतिको संरक्षण गर्नु पर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।
दिब्य कुन्ज एकाडेमि तुलसीपुर ७ को तिज मिलन कार्यक्रममा बोल्ने वक्ताहरुले हुने खाने भन्दा हुँदा खाने वर्गको अवस्थालाई मध्यनजर गरी तीज पर्व मनाउन सुझाव दिएका छन् ।
पछिल्लो समय पर्वको नाममा भएको तडक भड्कले गरिब परिवारमा खिन्नता उत्पन्न भएको छ । सामाजिक सदभाव र एकता र पारस्परिक समबन्ध हुनु पर्नेमा जोड दिएका थिए ।
दिव्य कुञ्ज एकेडेमी तुलसीपुरको कोडिनेटर तथा शिक्षिका भावना भटटाराई अध्यक्षतामा भएको कार्यक्रमममा संस्कृत विश्व विद्यालयमा सह प्राध्यापक निर्मला डाँगीले तीजलाई सांस्कृतिक, धार्मिक र सामाजिक हिसाबले मनाउन जोड दिए ।
यस्तै राष्ट्रिय समाचार समिति दाङ प्रमुख नारायणी रजौरेले परापूर्व कालदेखि मनाउँदै आएको तीज पर्वलाई धर्मिक सांस्कृतिक रूपमा मनाउने प्रचलन रहेपनि पछिल्लो समय फरक शैलीमा तीज पर्व मनाउन लागेको बताए ।
दिब्य कुन्ज एकेडमीका संरक्षक सुरेश हमाल,
अध्यक्ष्य मोहन भण्डारी, राप्ती बबई क्याम्पसका सहायक प्र अ डा. प्रेम योगिले सकारात्मक पक्षलाई आत्मसाथ गर्दै सामाजिक सद्भावका रूपले मनाउनु पर्ने बताए ।
फरक प्रसङ्गमा भने शिक्षा मानव जीवनका लागि अपरिहार्य छ, युग परिवर्तन गर्न दक्ष जनशक्ति विद्यालय बट उत्पादन हुने भएकोले शिक्षा क्षेत्रमा लगानी गरेको बताए ।
कार्यक्रम शिक्षिका रिता केसी मन्टेस्वरी एसोसिएसन दाङका अध्यक्ष, दिप्ती राना लगाए बोलेका थिए ।
कार्यक्रमको सहजीकरण शिक्षक पूर्ण केसी मुस्कानले गरेका थिए ।
तीज विशेष कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्रा विद्यालय व्यवस्थापन समिति, शिक्षक शिक्षिकी लगाएतले आ-आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।
