२०८३ भाद्र १३ गते शनिवार

धरानका उपप्रमुखको घरमा हतियारधारी समूहद्वारा आक्रमण

धरान ,भदौ २७ । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा पसेर हतियारधारी समूहले आक्रमण गरेको छ ।

हतियारसहित घरमा पसेका समूहले खुकरी प्रहार गर्दा उपप्रमुख बेघाका कान्छा भाइ विष्णु बेघाको देब्रे गालामा चोट लागेको छ ।धरान इलाका प्रहरी कार्यालयका डीएसपी नवराज मल्लका अनुसार खुकुरी प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको छ ।

धरान १५ स्थित खोरिया बस्तीका अराजक युवाहरूले आक्रमण गरेको स्थानीयले बताएका छन्। हतियारधारी समूहले घरमा आक्रमण गरेको खबर पाएपछि उपप्रमुख बेघाले प्रहरीलाई फोन गरेर बोलाएका थिए ।

प्रकाशित मिति : २०८० भाद्र २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *