२०८२ माघ २ गते शुक्रवार

अभिभावक र विद्यार्थीलाई सिकलसेल एनिमियाबारे सचेत बनाउदै सगरमाथा


तुलसीपुर,साउन ३२ । तुलसीपुर – ९ बेलुवा स्थित सगरमाथा बिद्यालयले विद्यार्थी, अभिभावक र समाजलाई सचेत बनाउने उद्देश्यले सचेतना कार्यक्रम गरेको छ।

बिद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको अध्यक्षता तथा जापनिज Tsukuva University Ibariki का Assit. Professor डा. युका नाकामुराको प्रमुख आतिथ्यता एबम सामाजिक अभियान्ता जिबराज चौधरी र अभिभावक इन्द्रजित चौधरीको बिशिस्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

मानव रगतमा पाइने रातो गोलाकार रक्त कोषिकाको स्वरुप परिवर्तन भई हँसियाजस्तै आकारमा रुपान्तरण हुने रक्तअल्पता सम्बन्धी रोगलाई सिकलसेल रोग वा सिकलसेल एनिमिया भनिन्छ।
यो रोग वंशाणुगत रोग हो र नेपालमा खासगरी पश्चिम तराईका थारु जातिमा बढी पाइन्छ।यो रोग जिनमा हुने खराबीले आमा-बुबाबाट छोराछोरीमा सर्ने गर्छ। यो रोग लागेका बिरामीहरुको रक्तकोषहरू हँसिया आकारको हुने भएकाले यसलाई हँसिया रोग पनि भनिन्छ,प्रमुख प्रशिक्षक युकामुराले भनिन ।

उनका अनुसार दाङ र आसपासका क्षेत्रमा व्याप्त रोग मध्येको एक सिकलसेल एनिमियाले सम्पूर्ण मानव शरीरमा अक्सिजन पुर्‍याउने रातो रक्त कोशिकाको आकार नै परिवर्तन गर्छ। तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायमा यो रोगको उच्च प्रकोप देखिएको छ, शरीर दुख्ने, विभिन्न संक्रमणहरु हुने, कडा थकानको महसुस र रक्तअल्पता हुने लक्षण देखिएको छ।

कार्यक्रममा बोल्दै बिशिस्ट अतिथी जिबराज चौधरीले यस रोगबाट संक्रमित व्यक्तिहरूले आफ्नो दैनिक जीवनमा कुनै पनि प्रकारको शारीरिक काम गर्न कठिनाइ महशुस गर्छन् र समुदायमा सामाजिक र आर्थिक विपत्तिको शिकार हुने बताए ।

यसैगरी अभिभावक इन्द्रजित चौधरीले बिद्यालयले समय समयमा विद्यार्थी , अभिभावक र समाजको स्वास्थ्य प्रती संबेदनसिल बन्दै विभिन्न कार्यक्रम गर्दै आइरहेको र पछिल्लो समयमा सबैको रोजाईको विद्यालय बनेकोमा खुशी व्यक्त गरे ।

थारु समुदायका कतिपय व्यक्तिहरु यस रोगबाट निकै पीडित रहेका छन् त कतिपय यो रोग वारे अनविग्य छन साथै सक्रमित उपचारबारे जानकारी नपाएर धेरै जना घरमै पीडा सहेर बस्दै आएका छन् ।

अधिकाँश भूत वा देवता रिसाएको विश्वासमा गाउँकै धामी, झाँक्री र गुरुवाको शरणमा जाने गरेका छन् । रोग पहिचान हुन नसक्दा कयौंको ज्यान गएको छ ।यस रोगबाट सङ्क्रमित व्यक्तिमा गोलाकार रक्तकणिकाहरु छिटो छिटो नष्ट भै रक्त सञ्चारमा अवरोध उत्पन्न हुने र रगतमा अक्सिजनको कमी हुन गै शरीरका विभिन्न अङ्गमा क्षति पुग्ने हुन्छ ।

सिकलसेल एनिमिया भएमा शरीरमा पीडा, अन्य रोगहरुको सङ्क्रमण, कमलपित्त जस्ता लक्षण देखिने, फोक्सोमा रुकावट हुने, मिर्गौलामा खराबी आउने, मस्तिष्कमा आघात हुने, फियो वा कलेजोमा रक्तसञ्चार रोकिने जस्ता लक्षण देखापर्ने विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीले जानकारी गराए ।

कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम प्रमुख शरद शर्माले गरेका थिए ।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *