२०८२ माघ १ गते बिहिवार

नक्कली शरणार्थी प्रकरण ः थप १८ जना पीडित उजुरी लिएर प्रहरी कहाँ पुगे

काठमाडौँ,साउन २९ । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणका थप १८ जना पीडितहरु उजुजरी लिएर प्रहरीकहाँ पुगेका छन्।

भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहविरुद्ध थप १८ जना पीडितहरुको जाहेरी आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

सानु भण्डारी र केशव दुलाल समेतको मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै आफूहरुलाई ठगिएको गुनासोसहित पीडितहरुले जाहेरी दिएकाा हु्न।

अपराध महाशाखाका अनुसार लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन र काठमाडौं लगायतका १८ जना पीडितहरुको जाहेरी आएको हो।

उनीहरुले आफूहरुबाट करिब १ करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगी गरेको भनेर ३ वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएका हुन्।

महाशाखाले उक्त जाहेरी दरखास्त लगायतका कागजातहरु आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको जनाएको छ।

यो प्रकरणमा अहिले पूर्वउपप्रधामन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ जना केन्द्रीय कारागार सुन्धारामा छन्।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *