काठमाण्डौ ,साउन २५ । त्रिभुवन विश्वविद्यालय (त्रिवी)ले कक्षा १२ को नतिजा प्रकाशन नहुँदै स्नातक तहको भर्नाका लागि सूचना निकालेको छ।
मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षाशास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष २०८०र०८१ का लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाको सूचना निकालेको हो।
त्रिविले जारी गरेको सूचना अनुसार आगामी ५ मंसिरदेखि कक्षा सञ्चालन हुनेछ।
यता, राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा यही महिनाको अन्तिमसम्ममा सार्वजनिक गर्ने तयारी गरेको छ।
प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार