दाङ, चैत २१ । नेपाल पुर्वप्रहरी संगठन जिल्ला कार्यसमिति दाङले निर्माण गर्न थालेको पुर्वप्रहरी जनसभा हलको निर्माणका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ ।
यसैक्रममा पुर्व प्रहरी उपरिक्षक रामशरण थापाको श्रीमती खिमा थापाले भवन निर्माणका लागि एक लाख रुपैया सहयोग प्राप्त भएको जिल्ला अध्यक्ष रोबरबहादुर बस्नेतले जानकारी दिए ।
विहिबार एक कार्यक्रमको आयोजना गरी खिमा थापा उहाँको छोरा श्रीशरण थापा, नातिनीहरु रुची थापा र श्रीषा थापाको परिवारले एक लाख रुपैँया सहयोग गरेका छन । यस्तै भवन निर्माणका लागि पुर्वप्रहरी नायव उपरिक्षक भुपेन्द्र सुबेदीले २५ हजार रुपैँया सहयोग गरेका छन ।
नेपाल पुर्वप्रहरी संगठन जिल्ला कार्यसमिति दाङका अध्यक्ष रोवर बहादुर बस्नेतको अध्यक्षता तथा खिमा थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण नेपाल पुर्वप्रहरी परिवार युवा संगठनका अध्यक्ष रमेश थापाले गरेका थिए ।