२०८३ बैशाख १९ गते शनिवार

विदेशी पर्यटकलाई विनागाइड पदयात्रामा जान प्रतिबन्ध

काठमाडौं ,फागुन १९ । नेपालमा अब विदेशी पर्यटकले विनागाइड पदयात्रामा जान नपाउने भएको छ । नेपाल पर्यटन बोर्डले १ अप्रिल २०२३ देखि लागु हुने गरी यस्तो निर्णय गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।

नेपालमा कोभिड(१९ भन्दा अगाडि वार्षिक ५१ हजार हाहारारी पर्यटक ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर ९एफआईटी०’का रुपमा आउने गरेका छन् । यस्ता पर्यटकले नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा जाने गरेका थिए ।

यस्ता पर्यटक पदयात्राका दौरान बढी असुरक्षित हुने र समस्या पर्दा उद्दारमा पनि समस्या हुने अवस्था दोहोरिएपछि गन्तब्यलाई अझ बढी सुरक्षित बनाउन यस्तो निर्णय लिनु परेको लामिछानेले बताए ।

‘गन्तब्यलाई सुरक्षित, उद्दारमा सहज र व्यवस्थापनलाई चुस्त बनाउन यस्तो निर्णय भएको हो,’ उनले भने, ‘यो निर्णय नेपालमा रोजगारी सिर्जनामा समेत फलदायी हुनेछ ।’ यससँगै अब एफआईटीका लागि जारी हुने टिम्स कार्ड जारी नहुने भएको छ । पर्यटकले ट्रेकिङ कम्पनीमार्फत नेपाल आएर गाइड लिएर मात्र पदयात्रामा निस्कनु पर्ने भएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *