२०८२ मङ्सिर २७ गते शनिवार

र्‍यापर हप्याकको मुखमा अगुल्टो झोस्ने झाँक्री पक्राउ

काठमाडौं,कात्तिक २७ । र्‍याप गायक हप्याक ९मिलनजंग कुँवर०लाई झारफुक गर्ने भन्दै मुखमा अगुल्टो झोसेर यातना दिने झाँक्रीलाई प्रहरीले नवलपरासीबाट पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय, कावासोतीको टोलीले शुक्रबार दीपक सार्की भनिने ४२ वर्षीय झाँक्रीलाई पक्राउ गरेको डीएसपी सन्तोष पाठकले जानकारी दिए । उनलाई आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइने उनले बताए ।

झाँक्रीले अगुल्टो झोस्दा मुख र ओठ जलेको भन्दै र्‍यापर हप्याकको परिवारले प्रहरीमा उजुरी दिएको थियो ।

हप्याकको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ‘अहिले उनको स्वास्थ्य सुधारोन्मुख छ । हामी कानुनी प्रक्रिया अगाडि बढाउँछौं,’ डीएसपी पाठकले भने ।

झाँक्रीले झारफुक गर्ने भन्दै हप्याकको मुखमा अगुल्टो झोसेको भिडियो सामाजिक सञ्जालमा आएको थियो ।

अस्पतालमा उपचाररत र्‍यापर हप्याक टेलिभिजन रियालिटी शो नेपहपको श्रीपेचबाट चर्चामा आएका हप्याक युवापुस्तामाझ चर्चित छन् ।

रियालिटी शोका निर्माता सुदीप पोखरेलसहितको टोली कावासोती पुगेर हप्याकको स्वास्थ्य स्थिति बुझेको छ ।

उनलाई आर्थिक सहयोग पनि प्रदान गरिएको छ । घटना सार्वजनिक भएपछि दोषीलाई कारवाही गर्न नेपाली हिपहप संगीत क्षेत्रले माग गरिरहेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *