काठमाडौं,भदौ १३ । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको नेटवर्क अवरुद्ध भएको छ ।
कम्पनीको मोबाइल सेवाबाट नेटवर्कभित्र फोन नलाग्ने र अन्य नेटवर्कमा समेत फोन, एसएमएस तथा इन्टरनेट नचल्ने समस्या देखिएको हो ।
सोमबार बिहान करिब ११ बजेदेखि अवरुद्ध कम्पनीको दूरसञ्चार सेवा अझै खुल्न सकेको छैन ।
समस्या के भएको बुझ्न पठाइएको नेपाल दूरसञ्चार प्राधिकरणका महानिर्देशक अर्जुन घिमिरेले रातोपाटीलाई जानकारी दिए ।
‘दूरसञ्चार सेवा प्रदायक एनसेलमा के भएको हो अहिलेसम्म जानकारी पाएका छैनौं । एनसेल नेटवर्कभित्र फोन लागिरहेको छैन, के भएको हो सो बुफ्न त्यसतर्फ कर्मचारी पठाइसकेका छौं’ घिमिरेले भने । यसबारेमा कम्पनीले समेत कुनै सूचना वा धारणा सार्वजनिक गरेको छैन ।
प्रकाशित मिति : २०७९ भाद्र १३ गते सोमवार
