२०८२ असार ५ गते शुक्रवार

सीमामा कडाईपछि स्वदेसी बजारमा चहलपहल

लुम्बिनी, भदौ ९ । भारतीय ब्यापारीहरुले सञ्चालन गर्दैआएको रुपन्देहीको सीमाक्षेत्र सिद्धार्थनगर नगरपालीका १ स्थित मेउडीहवा नजिक दसगजा क्षेत्रमा रहेको फरेनीबजार जान नेपाली ब्यापारीलाई कडाई गरेपछि स्वदेशी बजारमा चहलपहल बढेको छ ।

उद्योगी ब्याबसायीले प्रशासनको प्रशंसा गरेका छन् ।

दसगजा क्षेत्रमा बर्षौदेखि भारतीय ब्यापारीले सञ्चालन गर्दैआएको फरेनीबजार हप्तामा शनिवार र बुधवार गरी दुुईदिन सञ्चालन हुनेगर्छ । त्यहाँबाट करोडौंको मालसामान बिना भन्सार नेपाल भित्रने गर्दथ्यो ।

पछिल्लो समय प्रशासनले कडाई गरेपछि स्वदेसी उत्पादनको खपत बढेको र भैरहवा क्षेत्रको ब्यापारमा समेत चहलपहल बढेको सिद्धार्थ उद्योग बाणीज्य सघंका बरिष्ठ उपाध्यक्ष ठाकुर श्रेष्ठले जानकारी दिए ।

सीमाबर्ती क्षेत्रमा नेपालीलाई लक्षीत गरेर सञ्चालन हुने यस्ता बजार रोक्न बर्षौदेखि माग गर्दैआएकोमा पछिल्लो पटक प्रशासनले यसको सुुनुुवाई गरेको उनले बताए ।

सिद्धार्थ उद्योग बाणीज्य संघका अध्यक्ष भिष्मप्रसाद न्यौपाने र उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले संयुुक्त बिज्ञप्ति जारी गर्दै स्वदेसी ब्याबसायीलाई प्रबर्धन र संरक्षण गर्नेगरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सीमा क्षेत्रमा हुने चोरी तस्किरी नियन्त्रणमा कडाई गरेको भन्दै धन्यवाद दिएका छन् ।

‘सीमाबाट हुने अबैध चोरी पैठारी रोक्नुु पर्ने र सोकालागि सीमानाकामा कडाई गरी रुपन्देहीका व्याबसायीलाई संरक्षण गरिनुु पर्छ भन्ने हाम्रो निरन्तरको पहलले सार्थकता पाउने गरी सीमापारीका बजारमा किनमेल गर्न जाने प्रबृत्तिलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट निरुत्साहीत गरी स्थानीय बजार प्रवर्धनमा खेलेको भुमिकाको हामी स्वागत र धन्यबाद दिन चाहन्छौ’ बिज्ञप्तीमा उल्लेख छ ।

यसअघि उद्योगी ब्याबसायीले सीमा क्षेत्रबाट हुने चोरी तस्करीका कारण भैरहवा क्षेत्रको ब्यापार ब्यबसाय बन्द गर्नुुपर्ने अवस्थामा पुुगेको भन्दै पटक–पटक गुुनासो गर्दैआएका थिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले देख्दा समान्य देखिने यस्ता बजारबाट ठूलो मात्रामा राजस्व चुवाहट हुने हुँदा कडाई गरिएको बताए ।
उनका अनुसार उक्त बजारमा ब्यापार प्रयोजनको उद्देश्यले किनमेल गर्न जाने ब्यापारीलाई नेपाल प्रहरी र शसस्त्र प्रहरीबलको सहयोगमा चुहावट नियन्त्रणमा कडाई गरिएको छ ।

दैनिक घरायसी प्रयोजनका लागि स्वदेसीबजारमै किनमेल गर्न प्रोत्साहन गर्नेगरी सम्झाउने काम गरिएको छ ।

फेरेनीबजार मात्र होइन, रुपन्देहीका सबै सीमा नाकामा हुुन सक्ने सम्भावित चोरी तस्करी नियन्त्रण गर्न कडाइकासाथ लागिएको पनि उहाँले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ भाद्र ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *