२०८२ जेष्ठ ११ गते शुक्रवार

एक वर्षमा एक अर्ब ८१ करोडको दूध, दही र दूधजन्य पदार्थको आयात

काठमाण्डौ,भदौ ३ । गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट नेपालमा एक अर्ब ८१ करोड भन्दा बढीको दूध, दही र दूधजन्य पदार्थहरूको आयात भएको छ।

भन्सार विभागको तथ्यांकअनुसार विदेशबाट नेपालमा गत आवमा एक अर्ब ८१ करोड ५५ लाख २ हजार बराबरको दूध, दही र दूधजन्य पदार्थहरू आयात भएको छ।

यस आवमा विदेशबाट बच्चाहरूले खाने दूधको खाना ९५ करोड ८४ लाख ३२ हजार बराबरको आठ लाख ६१ हजार ४ सय ३८ किलो आयात भएको छ।

यस्तै, दुधको पाउडर दाना तथा ठोस पदार्थहरू ३४ करोड ८१ लाख ९१ हजार बराबरको सात लाख ४५ हजार २ सय ६५ किलो, दूधको क्रिम पाउडर चार करोड ५४ लाख ६९ हजार बराबरको ७५ हजार १ सय ४२ किलो आयात भएको विभागले जनाएको छ।

२५ करोड ७ लाख ७८ हजार बराबरको ३ लाख ७६ हजार ४ सय २२ किलो चिज, पाँच करोड १५ लाख १७ हजारको बटर, ३६ लाख ५७ हजारको दही नेपालमा आयात भएको छ।

त्यस्तै, दुई करोड ५३ लाख ५३ हजारको पाउडर भएको चिज, तीन करोड ५६ लाख ८६ हजार बराबरको पाउडर नभएको चिज आयात गरिएको विभागको तथ्यांकमा उल्लेख रहेको छ।

१६ लाख ४१ हजारको डेरीका उत्पादनहरू, एक लाख ८९ हजारको घ्यू विदेशबाट एकै वर्षमा आयात भएको छ।

बच्चाहरूले खाने दूध मुख्यरूपमा भारत, अस्ट्रेलिया, युकेबाट आयात गरिन्छ। दही भने सबैभन्दा बढी बंगलादेश, स्पेन र मलेसियाबाट आयात हुने गरेको विभागले ज नाएको छ। भारत, डेनमार्क, इटाली र अस्ट्रेलियबाट नेपालमा सबैभन्दा बढी चिज आयात हुन्छ।

प्रकाशित मिति : २०७९ भाद्र ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *