२०८१ फाल्गुन ६ गते मङ्गलवार

जसले जन्मदिनमा छात्रालाई प्याड वितरण गरिन

दाङ,फागुन ७ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ स्थित भ्युडर शहरी स्वास्थ्य केन्द्रमा कार्यरत अनमी कबिता शर्माले आफ्नो जन्मदिनको अबसरमा छात्रालाई सेनेटरी प्याड बितरण गरेकी छन् । मंगलवार उनले वडा नम्बर १३ कै बराह क्षेत्र माबि सेवार वनगाउँका १ सय ७० जना छात्रालाई महिनावारी हुँदा प्रयोग गर्ने प्याड बितरण गरेकी हुन ।

महिनावारी भएको समयमा छात्राहरु विद्यालयमा अनुपस्थिती हुने दर बढ्दो रहेको पाइएपछि अनमी शर्माले आफ्नो जन्मदिनका अबसरमा प्याड बितरण गरेको जानकारी दिएकी छन् । विद्यालयका शिक्षिकाले महिनावारी हँुदा बिद्यालय नै नजाने र गए पनि बिचमै कक्षा छाड्ने दर बढ्दो रहेको बताएपछि आफुले छात्रालाई प्याड वितरण गरेको उनले बताइन ।

त्यस्तै उनले महिनावारीको समयमा बढी पेट दुख्नेहरुका लागि दुखाई कम गर्ने औषधी पनि वितरण गरेकी छन् । अनमी शर्माले विद्यालयका शिक्षिक कमला लम्साललाई ती प्याड प्रदान गरेको र आबश्यकता अनुसार छात्रालाई वितरण गर्ने व्यवस्था मिलाएको बताइन ।

प्रकाशित मिति : २०७५ फाल्गुन ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *