२०८१ बैशाख ८ गते शनिवार

आगोमा जलेर घाइते चौधरीको उपचारमा सहयोगको याचना


शिवु खनाल,
देउखुरी, माघ २९ । दाङ देउखुरीका एकजना अग्नि पीडित फुलराम चौधरीलाई सहयोग जुटाउन पुरै गाँउ खटिएको छ । लमही नगरपालिका वडा नम्बर ७ उचानिम्बु गाँउवासीहरु उनको उपचार सहयोग जुटाउन खटिएका छन् ।

छारे रोगका पीडित चौधरी केही समय पहिले आगोमा पर्दा दुबै खुट्टामा जलेर गहिलो घाउ भएको छ । चौधरीको उपचारमा समस्या परेपछि उचानिम्बु गाँउवासिहरु मिलेर प्रत्येक घरबाट आर्थिक सहयोग जुटाउन लागि परेका छन् ।

घाइते चौधरीको आर्थिक अवस्था नाजुक रहेका कारण अहिले दुबै खुट्टामा किरा पर्न थालेको तथा मासु पनि खस्न थालेपछि गाँउलेहरु उनको उपचारका लागि सहयोग जुटाउन लागि परेका छन् । पीडित चौधरीको अहिले भेरी अस्पताल नेपालगञ्जमा उपचार भइ रहेको छ । तर, उपचारका लागि आवश्यक रकम नहुदा चौधरीको उपचारमा समस्या उत्पन्न भएको आफन्तले जानकारी दिएका छन् ।

यसैबीच घाइते फुलराम चौधरीको उपचारको लागि लमही नगरपालिका वडा नम्बर ७ का जनप्रतिनिधिहरुले मंगलवार ५ हजार १ सय रुपैंया सहयोग गरेका छन् । घाइते चौधरीका परिवार जनले मानविय नाताले आर्थिक सहयोग गरेर फुलरामको जीवन रक्षा गरिदिन आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७५ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस
  1. Bharja gharti Magar says:

    म पनि सहयोग गर्न चाहान्छ सम्पर्क नम्बर पाउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *