२०८३ भाद्र ११ गते बिहिवार

१९ गाउँपालिकाले ल्याएनन् बजेट

काठमाडौं,असार ११ । देशभरका ४३५ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।

देशभर ४६० गाउँपालिका रहेकोमा ९५ प्रतिशतले तोकिएकै समयमा बजेट ल्याएका हुन् ।

गाउँपालिका राष्ट्रिय महानसंघ नेपालका अनुसार १९ वटा गाउँपालिकाले बजेट पेस गरेका छैनन् भने ६ वटा गाउँपालिका सम्पर्कमै छैनन् ।

बजेट पेस नगर्नेमा मधेश प्रदेशका १२, लुम्बिनिका ३, बागमतीका २ र कर्णाली र सुदूरपश्चिमका २र२ वटा गाउँपालिका रहेका छन् ।

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका २र२ वटा गाउँपालिका भने सम्पर्कमै नआएको महासंघले जनाएको छ ।

असारको १० गतेभित्र बजेट पेस गरिसक्नु पर्ने संवैधानिक र संघीय कानुनमा व्यवस्था छ । बजेट नल्याएका गाउँपालिकाले पनि केही दिनमै सभा गरी बजेट ल्याउने महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *