शिवु खनाल,देउखुरी,असार ३ । लमहीमा बजार क्षेत्रमा ठेलागाडा गुडाएर व्यापार गर्ने व्यवसायलाई २ सय रूपैयाँका दरले जरिवाना गरि ठेला छाडिएको छ ।
शुक्रबार नगरपालिकाले प्रति ठेला २ सय रूपैयाँका दरले जरिवाना गरि तीनवटा ठेला छाडिएको वातावरण सरसफाइ तथा विपद् व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले जानकारी दिए ।
लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा ठेला नियन्त्रणमा लिइएको सम्बन्धमा बसेको बैठकले असार तीनगते देखि लागू हुने गरि ठेला व्यवसायीले पुनस् निर्णय उलंघन गरि ठेला गुडाएको पाइएमा फिर्ता नहुने गरि जफत गरिने लमही नगरपालिकाले जनाएको छ ।
ठेला निश्चित ठाउँमा राखेर व्यवसाय गर्न ठेला व्यवसाय समितिका अध्यक्ष शोभाकर भुषाललाई जिम्मा दिने निर्णय गरेको वातावरण सरसफाई तथा विपद् व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले जानकारी दिए ।
उहाँका अनुसार नगरपालिकाले अन्तिम पटकका लागि दुईसयका दरले जरिवाना गरि ठेलागाडा छाडेको छ । बजारमा क्षेत्रमा पुनः ठेलागाडा गुडाइ व्यापार गरेको पाइएमा ठेला जफत लैजाने लमही नगरपालिकाले निर्णय गरेको हो ।
नगरपालिकाले यत्रतत्र छरिएर व्यापार गर्दै आइरहेका तीनवटा ठेला नगर प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियोे ।