२०८१ मङ्सिर २७ गते बिहिवार

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं, जेठ २० । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा बढाएको छ ।

इन्धनको मूल्य बढेसँगै विभागले स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको हो ।

इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा भाडा समायोजन हुने गर्छ ।

बिहीबार रातिबाट नेपाल आयल निगमले इन्धनको मूल्य ७.८४ प्रतिशतले वृद्धि गरेको छ ।

इन्धनको मूल्य वृद्धिअनुसार विभागले यात्रुबाहक सवारी साधनको भाडा २.५ प्रतिशतले वृद्धि गरेको छ ।

त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ३.३ र तराईमा चल्ने मालबाहक सवारीको भाडा ३।७ प्रतिशत बढेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *