२०८१ मङ्सिर २७ गते बिहिवार

भारतको हरियाणाबाट बालिकाको उद्दार गरी नेपाल ल्याइयो


शिवु खनाल,देउखुरी, जेठ २५। भारतबाट एकजना बालिकालाई उद्दार गरिएको छ ।

इलाका प्रहरी कार्यालय गढवा र शान्ति पुनस्थापना गृह कोइलाबासको संयुक्त टोलीले देउखुरीको एकजना १५ वर्षीय नाम परिवर्तन सिता शर्मालाई भारतबाट सकुशल उद्दार गरेको हो ।

छोरी खोजी गरिदिनुप¥यो भन्दै इलाका प्रहरी कार्यालय गढवामा ६ र ७ गते सीमावर्ती क्षेत्र कोइलाबास नाकामा रहेको शान्ति पुनस्थापना गृह कोइलाबास उजुरी परेको थियो ।

उजुरी पश्चात् शर्माको खोजी कार्य तिब्र रूपमा अगाडि बढाइएको हो ।

मंगलबार छिमेकी राष्ट्र भारतको हरियाणाबाट ती बालिकालाई उद्दार गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख रञ्जु केसीले जानकारी दिए ।

जाहेरी परेको तीनदिन पछि भारतको हरियाणामा कोठाभित्र राखि राखेको अवस्थामा ती बालिकालाई सकुशल उद्दार गर्न सफल भएको हो ।

शर्मालाई नेपालबाट भारतमा लगेर बन्धक बनाइएको बुझिएको छ ।

बालिका अपहरणमा संलग्न नाम परिवर्तन उमेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *