२०८१ फाल्गुन २ गते शुक्रवार

बिहीबार महायज्ञमा एकलाख बढी संकलन

तुलसीपुर, माघ २४ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ बनहरी पशुपती थारु गाउँ टोलमा जारी महायज्ञमा बिहीबार दोस्रो दिन एकलाख भन्दा बढि आर्थिक संकलन भएको छ ।

बुधबारदेखि शुरू भएको महायज्ञमा बिहीबारसम्म एकलाख १८ हजार ६ सय ४० संकलन भएको छ । बिहीबार रमण चौधरीले सबैभन्दा बढि रमण चौधरी ५५ हजार पाँचसय ५५ दान गरेका हुन् । त्यस्तै प्रकासकुमार आचार्यले २६ हजार ५५ ? पैयाँ सहयोग गरेका हुन् ।

कैलासधाम नागेश्वर मन्दिर ब्यवस्थापन समितिको आयोजनामा फागुन १ गतेसम्म महायज चल्नेछ । महायज्ञको बाचकमा देशब्यापी १०८ श्रीमद भागवत सत्संकल्प अभियानकर्ता मुमुक्षु श्री उद्रव शर्मा, रष्ट्रिय विभूषित नारीत्व विदुषी सुश्री अजुराधा शास्त्रीजी रहेका छन् ।

दुई महिनाअघि देखिएको नागलाई संरक्षण गर्नका लागि मन्दिर निर्माण गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएको हो । महायज्ञबाट करिब एक करोडबराबरको आर्थिक संललन गर्ने लक्ष्य रहेको छ ।

प्रकाशित मिति : २०७५ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *