२०८१ मङ्सिर १७ गते सोमवार

दंगीशरणका प्रध्यानाध्यापकद्वारा नबनिर्बाचित जनप्रतिनिधिलाई बधाइ तथा स्वागत

तुलसीपुर,जेठ १३ । दंगीशरण गाउपालिका शिक्षा शाखाको आयोजनामा दंगीशरणमा रहेका बिधालयका प्रध्यानाध्यापकहरुको बैठक सम्पन्न भएको छ । उक्त बैठकले नब निर्बाचीत जन प्रतिनिधिहरूलाइ बधाइ तथा सम्मान गरेको छ ।

दंगीशरण गाउपालिकाका नबनिर्बाचित अध्यक्ष सम्भु गिरिको अध्यक्षता तथा पालिका उपाध्यक्ष पिमा खड्का वलिको प्रमुख आथित्यतामा बैठ्क सम्पन्न भएको हो ।


बैठकमा प्रध्यापकहरुले शिक्षामा देखिएका समस्याहरु र गुणस्तरिय शिक्षाका लागि ५ वर्षे योजना समेत सुनाएका थिए । त्यस अवसरमा प्रमुख अथिति उपाध्यक्ष खड्काले बिद्यालय सुधारमा प्रध्यापकको मात्रै हात नभइ बिद्यालयका सबै शिक्षक तथा स्टापहरु एकरुपताका साथ लाग्नु पर्ने बताइन ।

बैठकको अध्यक्ष गिरीले जहाँ विद्यार्थी त्यंहा शिक्षकको अबधारणालाइ जोड दिने बताए । अब आफू शिक्षाको सवालमा नया ढङ्गबाट अगाडि बढी उत्कृष्ट बिद्यालयलाइ पुरस्कृत गर्ने समेत जनाए ।


सरकारी बिद्यालयलाइ सस्थागत विद्यालयसगं भएपछि आफू अगाडि बढ्ने बताए । प्रा.स उमा केसीको स्वागत मन्तब्यबाट सुरु भएको बैठकको सहजीकरण शिक्षा अधिकृत बिनोद अधिकारिले गरेका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *