२०८१ चैत्र ६ गते बुधवार

इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशमा कांग्रेसको प्यानल विजयी

बुटवल,फागुन ३० । नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनीको अधिवेशनमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक प्यानल विजयी भएको छ ।

चुनावमा कांग्रेस, एमाले र माओवादी तथा नेकपा एकीकृत समाजवादी निकट इन्जिनियरहरुका तीन वटा प्यानलले प्रतिस्पर्धा गरेका थिए ।

प्रदेशबाट प्रतिनिधित्व हुने एक जना केन्द्रीय सदस्यसहित सबै पदाधिकारी र दुईजना सदस्य बाहेक सबै पदमा लोकतान्त्रिक प्यानलले जितेको हो ।

एशोसिएसनको प्रदेश सभापतिमा शैलेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले एमाले निकट जीवन अर्याललाई ८३ मत अन्तरले पराजित गरेका हुन् । श्रेष्ठले ४९९, अर्यालले ४१६ र माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी निकट संयुक्त प्यानलका ओमप्रसाद सापकोटाले ८१ मत प्राप्त गरेका निर्वाचन अधिकृत गौतम रौनियारले जानकारी दिए ।

केन्द्रीय सदस्यमा विश्वरन्जन मिश्र निर्वाचित भएका छन् । मिश्रले एमाले निकट जयलाल मरासिनीलाई २६ मतले पराजित गरेका हुन् । मिश्रले ४६४,मरासिनीले ४३८ र रामधन श्रेष्ठले ७६ मत प्राप्त गरेका छन् ।
उपसभापतिमा लेखबहादुर बस्नेत विजयी भएका छन् । बस्नेतले ४९२ मत ल्याउंदा एमालेका बृषेश वैश्यले ३५४ र दिवाकर प्याकुरेलले ११४ मत ल्याएका छन् ।

सचिवमा ४२९ मतसहित गोविन्द पंगेनी विजयी हुँदा एमालेका विवेक लामिछानेले ३७६ र अरुण खनालले १७६ मत प्राप्त गरेका छन् । सहसचिवमा अर्जुन गिरी र कोषाध्यक्षमा सन्दीप रेग्मी विजयी भएका छन् ।

कार्यसमिति सदस्यहरूमा दर्शन तिवारी, ईश्वर जिसी, प्रवीन मिश्र, अर्जुन पाण्डे, सोयब अहमद अन्सारी, विनयकुमार गुप्ता, आरती देवकोटा, विद्या भुसाल विजयी भएका निर्वाचन अधिकृत रौनियारले बताए ।

प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *