
लमही, माघ २५ । लमही जेसीसले निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ ।जसमा कोभिड – १९ को एन्टिजेन परीक्षण गरिएको छ ।
लमही नगरपालिका वडा नम्बर ४ स्थित बिकट बस्तिमा पुगेर स्थानीयको एन्टिजेन्ट परीक्षण गरिएको लमही जेसिज बर्ष २०२२ का अध्यक्ष सुन्दर केसी सुजनले जानकारी दिए । लमही ४ का वडाध्यक्ष सुवास न्यौपानेले जेसिजको शिबिरबाट स्थानीय लाभान्बित भएको भन्दै धन्यबाद दिए ।
शिबिरमा १ सय ३३ जनाले सेवा लिएका थिए । स्वास्थ्य चेकजाँच गरि स्थानीयलाई औषधिपनि बितरण गरिएको थियो ।
लमही नगरपालिका, बीपी मेडिकल हल लमही, लमही सर्जिकल हाउस, सन्चो मेडिकल हल लमही, नमस्ते फर्मासिटीकल घोराही, समर फर्मासिटीकल घोराही, मारुति मेडीको फर्मा लमही, सृष्टि किराना पसल लमही लगायतले सहयोग शिबिरमा सहयोग गरेका थिए ।
प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार
